स्थपना मिति र हाल सम्मको उपलब्धी
लोक कल्याण सेवा प्रतिस्ठान २०६७ पौष २६ गते काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता गरि पशुपति क्षेत्र विकास समिति, काठमाण्डौ महानगरपालिका बडा नं. ९, समाज कल्याण परिषद, बालकल्याण समितिका साथै प्यान मा समेत दर्ता गरी सम्बन्धति निकायको अनुमति लिनुका साथै बार्षिक लेखा परिक्षण बार्षिक कार्य प्रगति विवरणका साथै हरेक बर्ष सम्बन्धति निकायमा नविकरण गराउँदै यो संस्था संचालनमा रहेको छ ।
२०६९ सालबाट यस प्रतिष्ठानले आफ्नो बिधानको परिच्छेद २ को धारा ११ संसोधित दफा अनुसार चितवन जिल्ला भरतपूर मा.न.पा.वडा नंं १ देवघाटमा…… जिल्लाका …… जना बालिकाहरुलाई संरक्षण गरि रहेको छ ।
प्रतिष्ठानले स्थापना कालदेखी हालसम्म उपलब्धी प्राप्त गरेको छ ।
क) हाल जना बालिकाहरुलाई आधुनिक शिक्षा अन्र्तगत देवघाट स्थीत श्री सिताराम संस्कृत मा. वि.मा सिसु कक्षा देखी दश कक्षासम्म अध्ययनरत छन् ।
ख) आध्यात्मीक शिक्षा, योग ध्यान, कला संगीत आदी शिक्षा आश्राममा विहान बेलुकीको समय र विदाको दिनमा अध्यात्मीक भागवत, गीता, रामायाण, कृष्ण चरित्र आदी पूर्विय दर्शन को शिक्षा प्रदान गरिन्छ । विगत २ बर्षदेखी यस आश्रमबाट शिक्षा प्राप्त गरी नेपालमै सबैभन्दा कम उमेरको बालीका भागवत बाचीका तयार भई हालसम्म विभिन्न सार्वजनिक धार्मिक अनुस्ठान सुरुवात भई सकेका छन् ।
ग) बालिकाहरुलाई आवास व्यवस्था कम भएकोले गत बर्षवाट हाल भई रहेको भवनको माथी २ कोठाको ट्रस, भान्छा कोठा १, डाइनिङ हल १, स्टोर गोदाम घर १ लिभिङ्ग रुम १, निर्माण गर्नुका साथै अन्य कोठाहरु मर्मत सुधार गरिएको छ ।
घ) आश्रम परिसरमा खानेपानि व्यवस्थाको लागी २ वटा धाराको मिटर जडान, ५ हजार लिटर पानिको टेङकी, स्नान गृह र शौचालय निर्माण तथा भएकोलाई मर्मत संभार गरियो ।
ङ) आश्रम परिषरमा विद्युत वाइरिङ्ग, सोलार बत्ति, बासीङ्ग मेसीन आदिको व्यवस्था गरीयो ।
च) यस आश्रममा अध्ययनरत बालिकाहरुबाट विभिन्न गोष्ठी, सभा एवं विभिन्न संघसंस्थाले आयोजना गरेको सार्वजनिक कार्यक्रममा सहभागी गराई उनिहरुको मानसीक, समाजीक र व्यक्तीगत प्रतिष्ठा उजागर गराउन विभिन्न कार्यमा अभिप्रेरीत गरिएको छ ।
छ) यस आश्रममा विद्यालय समय भन्दा अतिरिक्त समयमा अध्ययन गराइएका आध्यात्मीक शिक्षाबाट देशका विभिन्न जिल्लामा गई आध्यात्म जागरण अभियान मा संलग्न भई समाजलाई धार्मिक र सामाजीक रुपान्तरण गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिएको छ ।
