#सामाजिक क्षेत्रमा सकृय रहँदै आएको श्रीराम जानकी बालिका आश्रमलाई चितवन उद्योग संघले ३४ हजार ३ सय ३४ रुपैयाँ सहयोग गरेको छ ।
चितवन उद्योग संघको ३४ औं बार्षिक साधारण सभा तथा १८ औं अधिबेशनका क्रममा लोक कल्याण सेवा प्रतिष्ठानद्वारा संचालित श्रीराम जानकी बालिका आश्रमकी अध्यक्ष सावित्री टण्डनलाई सो रकमको चेक हस्तान्तरण गरिएको हो ।
बाबुआमा नभएका साहाराबिहिन बालिकाको संरक्षणमा श्रीराम जानकी बालिका आश्रमले बिगत लामो समयदेखि सेवा गर्दै आइरहेको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।
